आजको मौसम : यी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • पोखरा न्यूज
  • २०८० फागुन १
आजको मौसम : यी भूभागमा वर्षा र हिमपातको सम्भावना

पोखरा । आज देशका पहाडी भूभागमा छिटपुट वर्षाको सम्भावना रहेको छ

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

साथै देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र देशको पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस