आज तिलकुन्द चौथी : व्रत बसेर साँझमा पूजा गरिँदै

पाेखरा । भगवान् गणेशप्रति समर्पण गरिने तिलकुन्द चौथी पनि आजै परेको छ । माघ शुक्ल पक्षको यस चौथीलाई गणेश जयन्तीका रूपमा पनि मनाइन्छ ।

पवित्र तिल र कुन्द अर्थात् गणेशको प्रिय चमेलीको फूल, आजका दिन तिल र चमेली फूलको सुगन्ध भएका परिकारहरू भगवानलाई अर्पण गर्ने चलन हुन्छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यस दिन व्रत बस्ने र साँझमा पूजा गर्ने चलन छ । घरको उत्तर पूर्व दिशाको कुनामा पूजा आशन राख्ने र नरिवलको तेलमा दियो बालेर पूजा गर्ने, आरती गर्ने र ॐ गं गणेश्वराय विघ्ननायकाय नमः मन्त्रलाई १०८ पटक जप गर्ने चलन छ ।

दुःख कष्ट निवारण गर्दै बाधा अड्चनहरूलाई हटाउन आजको दिनको पूजाको विशेष भूमिका रहने बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button