
पाल्पा । पाल्पामा आज जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका वडा नं. ५, मस्यामको चिदिसमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।
मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको बताइएको छ ।
दुर्घटनास्थलमा खटिएका प्रहरीले भने जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ ।
घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।





