पाल्पा जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

तिनाउ गाउँपालिका-६ मस्यामको सिखरडाँडा जाँदै गरेको जीप मंगलबार साँझ चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो ।

मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा भएको हो । दुर्घटनामा दुई महिने बालिकासहित १७ जना घाइते छन् ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जीप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको हो ।

क्षमता भन्दा बढी यात्रु बोकेको जीप कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटनामा परेको हो । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त जीप घुम्तीदेखि करिब डेढ सय मिटर तल सोही सडकको तल्लो भागमा खसेको थियो । उक्त जीप १३ सिटे हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button