आज एकापसमा उपहार साटासाट गरी प्रणय दिवस मनाइँदै

पोखरा । आज १४ फेब्रुअरी । प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदैछ ।

प्रणय दिवसको अवसरमा परिवार साथिभाइलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ ।

विशेषगरी यस दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदानप्रदान गर्ने गरिएको छ ।

युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमिकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button