एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपाल र कुवेत भिड्दै

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटका  क्वार्टरफाइनलका खेलहरु आज हुँदैछन् ।

नेपालले कुवेतसँग खेल्दैछ । खेल वाईएसडी ओभल मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुनेछ । अघिल्लो दिनमात्र माल्दिभ्समाथि कीर्तिमान बनाएको नेपाली टिमको मनोबल उच्च रहेको छ ।

नेपाल समूह चरणमा अपराजित रहदै समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८-८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो ।

त्यसैगरी समुह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो ।

आजै अन्य क्वार्टरफाइनलमा बिहान ११ः१५ बजे मलेसिया र जापान खेल्दै छन् भने बिहान ७ः१५ बजे हङकङ र थाइल्याण्ड तथा इन्डोनेसिया र यूएई खेल्दै छन् ।

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, यूएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् । त्यसैगरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button