जीपको ठक्करबाट दिदीबहिनीको मृत्यु, जीपचालक फरार

  • पोखरा न्यूज
  • २०८० फागुन ३
जीपको ठक्करबाट दिदीबहिनीको मृत्यु, जीपचालक फरार

दाङ । दाङको देउखुरीमा जीपको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउने दुवै दिदीबहिनी हुन् ।

लमही-भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका-८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र३-०१०२२ च १३६९ नं को जीपले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएपछि उक्त घटना घटेको हो ।

मृत्यु हुनेमा साइकलमा सवार प्यूठानको झिमरूक गाउँपालिका-१ घर भइ हाल राप्ती गाउँपालिका-८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसी रहेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

जीपको ठक्करबाट गम्भीर घाइते राधाको लमही अस्पतालमा तथा विपनाको क्रिसमस अस्पताल रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । ठक्कर दिने जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस