पोखराका पत्रकार प्रतीकलाई एक तोला सुनको तक्मा

पोखरा । यस वर्षको गोतामे पत्रकारिता पुरस्कार कास्कीका पत्रकार बद्री विनोद (प्रतीक)लाई प्रदान गरिएको छ ।

पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानद्वारा स्थापित एक तोला सुनको तक्मासहितको सो पुरस्कार बुधबार एक कार्यक्रमबीच पत्रकार प्रतीकलाई प्रदान गरिएको हो ।

पत्रकार गोपालचन्द्र गौतमको पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पत्रकार प्रतिकलाई स्वर्ण पदक तथा दोसल्ला ओढाएर सम्मान गरे ।

अभियान साप्ताहिकबाट २०३१ सालदेखि पत्रकारिता गर्दै आएका पत्रकार प्रतीक पोखरा हटलाइनको प्रधानसम्पादक हुन् ।

स्व गौतमको सम्झनामा प्रतिष्ठानले गत २०६८ सालदेखि यो पुरस्कार निरन्तर वितरण गर्दै आएको छ । रु १० हजार राशिबाट सुरू भएको पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो भने २०७५ सालदेखि एक तोला सुनको तक्मामा परिणत भएको हो ।

हालसम्म सो पुरस्कार मकवानपुरका पत्रकार प्रताप विष्ट, विराटनगरका पत्रकार मोहन भण्डारी, बुटवलका पत्रकार डिआर घिमिरे, राजविराजका पत्रकार शिवहरि भट्टराई, झापाका पत्रकार स्व मदन ढकाल, पाल्पाका पत्रकार मेघराज शर्मा, सप्तरी (कञ्चनपुर)का पत्रकार भोला पासवान, भैरहवाका पत्रकार अर्जुन ज्ञवाली, झापाका पत्रकार केशव आचार्य, धनुषाकी पत्रकार मनिका झाले प्राप्त गरिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button