पोखरा । गण्डकी प्रदेश भलिबल सङ्घको टोली रुपन्देहीको तिलोत्तमा जारी नवौँ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबलको उपाधि जजिक पुगेको छ ।
गण्डकीले उपाधिका लागि त्रिभुवन आर्मीसँग भिड्नेछ । उपाधि भिडन्त आज बिहीबार हुनेछ ।
बुधवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल प्रहरीलाई ३-२ ले हराउँदै गण्डकीले फाइनलको यात्रा तय गरेको हो ।
यस्तै, विभागीय सशस्त्र प्रहरी बल भलिबल क्लबलाई सोझो सेटले हराउँदै त्रिभुवन आर्मीले पनि फाइनल यात्रा तय गरेको हो ।
प्रतियोगिताको तेस्रो स्थानका लगि नेपाल प्रहरी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विजेता समूहले नगद २ लाख १ रुपैयाँ, द्वितीयले १ लाख ५० हजार १ रुपैयाँ नगदसहित कप मेडल प्रमाणपत्र हात पार्नेछन् ।
तृतीय स्थान प्राप्त गर्ने समूहले नगद १ लाख १ रुपैयाँ नगद, सान्त्वना स्थान प्राप्तले ५० हजार १ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउने छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution