काठमाडौं जाँदै गरेको बस दुर्घटना, १० जनाको मृत्यु

  • पोखरा न्यूज
  • २०८० फागुन ३
काठमाडौं जाँदै गरेको बस दुर्घटना, १० जनाको मृत्यु

पोखरा । कपिलवस्तुमा गएराति यात्रु बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ ।

जिल्लाको शिवराज नगरपालिका वडा नं. १ सुरही पुल नजिकै बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवरत्न पौडेलले जानकारी दिए ।

बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौँ जाँदैै गरेको सुनौलो महाकाली यातायातको सु-प-प्र–०२-००१ ख ००९८ नम्बरको बस दुर्घटनामा परेको उनले बताए । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

दुर्घटनामा परी ३० जना घाइते भएका भएका छन् । घाइतेमध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ ।

बाँकी २१ जनाको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए । थप विवरण आउन बाँकी छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस