पाेखरामा १७औं बिटीकप जारी : आज पनि ८ खेल हुने

पोखरा । पोखरामा सातौं वीरेन स्मृति १७ औं बिटी कप खुला फुटबल प्रतियोगितामा जारी छ । बुद्धटोल युवा (बिटी) क्लबद्वारा आयोजित प्रतियोगितामा आज पनि ८ खेल हुने क्लब सचिव रेशम सापकोटाले बताए ।

प्रतियोगिता अन्तर्गत मंगलबार ८ खेल सम्पन्न भएको थियो । पोखरा १, टुंडिखेलमा भएको पहिलो चरणको खेलमा गण्डकी स्पोट्र्स क्लबलाई बेलिज् एफसीले ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

बेलिजको जीतमा राकेश राईले ह्याट्रिक पूरा गरे भने दीपेश गुरुङले १ र साइमन तामाङले २ गोल गरे । क्लब सचिव रेशम सापकोटाका अनुसार दोस्रो खेलमा ह्याङओभरलाई दिव्यज्योतिले १-० गोल अन्तरले हरायो । जितमा मन्जित थापाले निर्णायक गोल गरे ।

तेस्रो खेलमा माछापुच्छ्रे त्रिशक्ति क्लबले हरिचोक युनाइटेडमाथि ४-१ गोल अन्तरको जित निकाल्यो । जितमा मनीष ठकुरीले २ गोल गरे भने रविन नेपाली र आइत तामाङले १ गोलको योगदान दिए ।

चौंथो खेलमा माइती गोर्खालाई कमलपोखरी एफसीले ३-० गोल अन्तरले पराजित गरेको छ । जितमा प्रकाश तामाङ, विनम गुरुङ र अमीत गुरुङले समान १ गोल गरे ।

पाँचौ खेलमा सिटी जिमलाई जिनाइन युनाइटेडले ५-० गोलको फराकिलो अन्तरले पाखा लगायो । जिनाइनको जितमा बुद्धि तामाङ, दौलत गुरुङ, रोशन रानामगरले समान १ गोल गरे भने आशीष गुरुङले २ गोलको योगदान दिए ।

लिभिक कन्स्ट्रक्सन र शुक्लागण्डकी हेम्जाबीच भएको खेल गोलरहित भएपछि टाइब्रेकरमा शुक्लागण्डकीले ३–२ गोलअन्तरले पराजित गरेको थियो ।

बगर युनाइटेडलाई भदौरे क्लबले ३-१ गोल अन्तरले हरायो । रामघाट क्लब र गार्डेन एफसीबीच भएको अन्तिम खेल गोलरहित भएपछि टाइब्रेकरमा गार्डेनलाई ६-५ गोल अन्तरले हराउँदै रामघाट दोस्रो चरणमा प्रवेश गरेको छ । १० फागुनसम्म चल्ने प्रतियोगितामा ५६ टिमले भाग लिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button