ललिता निवास प्रकरणको फैसला आउँदै

काठमाडौँ । सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला आउँदै छ ।

विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला गर्दैछ ।

मुद्दाको फैसला हिजो  बुधबार तयार भई नसकेपछि आज सुनाउने तयारी भएको हो ।

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा मङ्गलवार सकिएको थियो ।

इजलास एक महिनादेखिको निरन्तर चलिरहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button