पोखरास्थित पृथ्वीनारायण क्याम्पस परिसरमा सरस्वती मन्दिर निर्माण हुने

  • पोखरा न्यूज
  • २०८० फागुन ३
पोखरास्थित पृथ्वीनारायण क्याम्पस परिसरमा सरस्वती मन्दिर निर्माण हुने

|फाइल तस्बिर

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पस परिसरमा सरस्वती मन्दिर निर्माण हुने भएको छ । क्याम्पस स्थापना भएको ६४ वर्षपछि बल्ल सरस्वती मन्दिर निर्माण हुने भएको हो ।

मन्दिरको बुधबार सरस्वती पूजाको अवसर पारेर शिलन्यास गरिएको छ । मन्दिर कलात्मक शैलीमा निर्माण हुने बताइएको छ । मन्दिर निर्माण सम्पन्न गर्न ४३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

मन्दिरको निमार्णका लागि नेपाल बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको प्रधान कार्यालयमार्फत बगर शाखाको समन्वयमा उक्त रकमसमेत शिलन्यास समारोहमा हस्तान्तरण गरिएको छ ।

बैंकको तर्फबाट शाखा प्रबन्धक विनोद सापकोटा, सहायक प्रबन्धक प्रदीप पौडेलले क्याम्पसका सहायक क्याम्पस प्रमुख मीनराज लम्साल र गजेन्द्रप्रसाद च्वाईँ, चन्द्रमणि आचार्य, विद्यार्थी मूल्यांकन प्रमुख बोधराज ढकाल, आर्थिक सह-नियन्त्रक पुष्पराज पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले क्याम्पस र बैंकबीच आगामी दिनमा पनि सहकार्य हुने बताए ।

शाखा प्रबन्धक विनोद सापकोटाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस