बस दुर्घटनामा ज्यान गुमाएका १० जनाकै सनाखत

पोखरा । कपिलवस्तुमा गएराति यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा रौतहट औराही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरका सन्जु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्ट छन् ।

यसैगरी भीमदत्त नगरपालिकाकी खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका-९ बिसफाँटा बस्ने बिमला देवी भट्टको बस दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति १ बजे महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु-प-प्र-२-००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । नौ जना घाइतेलाई बुटवल पठाइएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाको छ । दुर्घटनामा परेको बस पूर्णरुपमा क्षति भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button