नेपालसँग भिड्न नामिबिया फिल्डिङमा

काठमाडौँ । आईसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नामिबियाले टस जितेको छ । टस जितेर नामिबियाले फिल्डिङ रोजेको छ ।

नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ ।  नेपालले आजदेखि आईसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक शृङ्खला खेल्दै छ ।

नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग-२ खेल्नेछ ।नेपालले यो त्रिदेशीय श्रृंखलामा कुल चार खेल खेल्नेछ । यस शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुनेछ ।

नेपालले अर्को खेलमा शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । आईसीसीको वरीयतामा नेदरल्यान्ड्स १४ औँ, नेपाल १५ औँ र नामिबिया १६ औँ वरीयतामा छन् ।

यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन् । उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएई) मा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button