नेपाल १ सय ३२ रनमै अलआउट

पाेखरा। आईसीसी क्रिकेट विश्वकप लिग २ शुरु भएको छ । पहिलो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।

कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गरेको छ । नेपालले ४१.१ ओभरमात्र क्रिजमा टिकेर १३२ रन बनाएको छ ।

नेपालका लागि भिम शार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झाले २१ रन जोडे । करण केसीले १६ रन जोडे । नामिबियाका गहार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए ।

नेपालले २१.४ ओभरमा ७३ रन बनाउँदा ६ विकेट गुमाइसकेको छ । शीर्ष क्रमका सबै ब्याट्सम्यान आउट भएका छन् ।

घरेलु मैदानमा विश्वकप लिग-२ को नयाँ सर्कल आजदेखि शुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा हुन लागेको हो ।

आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग-२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ ।

पहिलो श्रृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button