सुनचाँदीकाे भाउ आज कति ?

पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार सुनको मूल्य स्थिर रहेर कारोबार भइरहेको जनाएको छ। महासंघले हिजो बुधबारकै मूल्यमा आज सुनको कारोबार भएको जानकारी दिएको हो ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजावी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ कायम थियो । आज सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो बुधबार भने सुनको मूल्य घटेर कारोबार सुरु भएको थियो । हिजो बुधबार एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको थियो । सुनको मूल्य स्थिर कायम भएपनि आज चाँदीको भने बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । यससँगै, हिजो तोलामा १३ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button