बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका वडा नं. ५ घर भइ हाल गोरखा नगरपालिका वडा नं. ६ बस्दै आएका बर्ष ३७ का चित्रप्रसाद भट्ट रहेका छन् । उनी नवप्रभात निर्माण सेवा प्रालिका सञ्चालक पनि हुन् ।

उनलाई फागुन १ गते पक्राउ गरि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भट्टले अर्थ मुभर्सबाट मोटर्स पाटर्स किनेर चेक काटेको र बैंकमा चेक नसाटिएपछि अर्थ मुभर्सका तर्फबाट प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

उनीविरुद्ध अदालतमा मुद्धा दर्ता गरि म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button