
काठमाडौं । नेकपा माओवादी केन्द्रले तत्का पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन नगर्ने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न तत्काल नबदल्ने बताए ।
विधान सम्मेलनमा सहभागीहरुले पार्टीको नामसँगै चुनाव चिह्न बदल्नुपर्ने माग गरेका थिए ।
बिहीबार जवाफ दिने क्रममा प्रचण्डले अहिले पार्टीको नाम र चिह्न नबदल्ने बताएका हुन् ।
आवश्यक परे यसबारे पछि निर्णय दिने उनले बताए ।





