आजको मौसम : गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

  • पोखरा न्यूज
  • २०८० फागुन ४
आजको मौसम : गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

साथै राति गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस