गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले आज गण्डकी प्रदेश स्थापना दिवस मनाउँदै छ ।

एक विशेष समारोहका बीच स्थापना दिवस मनाउन लागिएको हो ।

२०७४ फागुन ४ मा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सपथ ग्रहण गरी पदभार गरेको दिनलाई सरकारले स्थापना दिवसरुपमा मनाउँदै आएको छ ।

यस अवरमा आज गण्डकीमा सार्वजनिक बिदासमेत दिइएको छ ।

आज प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुनेछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना प्रकाशित गरी शुक्रबार सार्वननिक बिदा दिइएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button