पोखरा । आज अचला सप्तमीको दिन रहेको छ । माघ शुक्ल पक्षको सप्तमी तिथिमा पर्ने यस दिनलाई भगवान् सूर्यको पनि जन्म तिथिका रूपमा विश्वास गरिन्छ । यस दिन व्रत बस्ने र पूजा अर्चना गरेमा आरोग्य प्राप्त हुने, सन्तान सुख प्राप्त हुने र सकारात्मक ऊर्जा मिल्ने बताइन्छ ।
यसलाई रथ सप्तमी र आरोग्य सप्तमी पनि भनिन्छ । हिउँद ओरालो लाग्दैछ, सूर्य नारायण उत्तरायण गतिमा गइसकेका छन् । उत्तरायण सुरु भइसकेपछि सूर्यको ऊर्जा र तेज ग्रहण गर्नका लागि धेरै विधान गरिन्छ । यिनै विधिहरू गरिने तिथिहरू मध्यअचला सप्तमी अर्थात् रथ सप्तमी र आरोग्य सप्तमीको विशेष महत्त्व रहन्छ ।
आजको दिनमा भगवान् सूर्यलाई सातवटा घोडामा विराजमान गराएर वर्ष दिन भरि चल्न सुरु गर्ने विश्वास गरिन्छ । यस कारणले पनि आजको तिथिलाई रथ सप्तमी भनिएको हो ।
अचला सप्तमीको रोचक व्रत कथा
अचला सप्तमीको व्रत कथा अनुसार भगवान कृष्णका पुत्र शम्भलाई आफ्नो शारीरिक शक्ति र क्षमतामा निकै गर्व थियो । एक पटक दुर्वासा भगवान कृष्णलाई भेट्न आए । दुर्वासा ऋषिले लामो समयदेखि तपस्यारत थिए जसका कारण उनी निकै कमजोर थिए ।
त्यसपछि शम्भ त्यो महान् ऋषिको कमजोर शरीर देखेर ठूलो स्वरले हाँस्न थाले । शारीरिक बलको घमण्डले शम्भले ऋषिको अपमान गरे । दुर्वासा ऋषि आँफैलाई अपमानित भएको देखेर धेरै क्रोधित भएर उनले शम्भलाई कुष्ठरोग हुने श्राप दिए ।
आफूलाई कुष्ठरोग भएको देखेर शम्भ निकै दुःखी भए र उनको अहंकार पनि चकनाचुर भयो । त्यसपछि भगवान श्रीकृष्णले आफ्नो पुत्रको यस्तो अवस्था देखेर सूर्यदेवको पूजा गर्न भने ।
पिताको आज्ञा पालन गर्दै शम्भले दिनहूँ सूर्य भगवानको पूजा गर्न थाले । यससँगै माघशुक्लपक्षको सातौँ दिन पनि व्यवस्थितरुपमा व्रत बस्ने गरे । जसका कारणले ऋषि श्रापबाट मुक्ति पाए र पहिलेको जस्तो रूप र शरीर पाए । यसैबेलादेखि अचला सप्तमी मनाउन थालिएको बताइन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution