पोखरामा १७ औं बिटीकप : आजपनि ८ खेल हुने

पोखरा । पोखरामा सातौँ वीरेन स्मृति १७ औं बिटीकप खुला फुटबल प्रतियोगितामा जारी छ । प्रतियोगिता अन्तर्गत आज पनि पहिलो चरण अन्तर्गतका ८ खेल हुने क्लबका अध्यक्ष अशीम थापाले जानकारी दिए ।

हिजो बिहीबार ८ खेल सम्पन्न भएकोमा लामागाउँ टिम बि, लामागाउँ टिम ए, मण्डला, रत्न समाज क्लब, एलसी ब्रदर्श, पीपलडाली युवा क्लब, बानियाँ ब्रदर्श विजयी र पोखरा म्युजिक हाउस आआफ्ना खेलमा विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरका छन् ।

अध्यक्ष थापाकाअनुसार प्रतियोगितामा ५६ टिमको सहभागिता छ । प्रतियोगिता विजेताले १ लाख ७१ हजार र उपविजेताले १ लाख ५ हजार ५ सय रुपैयाँ नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वाेत्कृष्ट खेलाडीले ट्रफीसहित १० हजार प्राप्त गर्ने अध्यक्ष थापाले बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button