जीप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जीप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट-१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट-३ का जीप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका-५ का सह-चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए ।

जीप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button