तनहुँको शुक्लागण्डकीमा सवारी दुर्घटना, एक महिलाको घटनास्थलमै मृत्यु

तनहुँ । तनहुँमा सवारी दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं. १ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङ रहेकी छन् ।

बिहीबार साँझ शुक्लागण्डकी-१० छाब्दी देउरालीको भित्री सडकमा ट्याक्टर र मोटरसाइकल एकापस ठोक्किँदा दुर्घटना भएको हो ।

साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नम्बको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्याक्टर आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले ट्याक्टर चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button