प्रधानसेनापति शर्माद्वारा पाथीभराको दर्शन

  • पोखरा न्यूज
  • २०८० फागुन ४
प्रधानसेनापति शर्माद्वारा पाथीभराको दर्शन

ताप्लेजुङ । प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गरेका छन् ।

बिहान हेलिकप्टरमार्फत पाथीभरा आएका शर्माले पाथीभराको दर्शन गरेर फर्किएका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमा आएका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उनले बताए ।

गत वर्ष पनि पाथीभराको दर्शनमा आएका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताए ।

शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौँ फर्किएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस