पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आज हुँदैछ । विभिन्न ९ इभेन्टमा हुने प्रतियोगितामा १६ राष्ट्रका धावकले भाग लिएका छन् । आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले १६ देशका धावकले भाग लिएको बताए । जसमा ५० जना विदेशी छन् ।
खुला म्याराथनतर्फ १ सय ८ जनाले भाग लिएका छन् । प्रतियोगितामा यसबाहेक हाफ म्याराथन (महिलातर्फ), १० किमी पुरुष/महिला, ५ किमी छात्र/छात्रा, ५ किमी भेट्रान्स महिला/पुरुष दौड हुनेछ । साथै विगतमा झैं रन फर फन पनि हुनेछ । यसअघि, अपांगतातर्फ दौड भइसकेको छ ।
म्याराथनको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वनाले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
म्याराथनमै गण्डकी प्रदेशतर्फ विजेताले ५० हजार, उपविजेताले ३० र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
महिला हाफ म्याराथनमा विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख, तेस्रोले ७५ हजार सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
१० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । ५ किमी छात्रछात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
५ किमी भेट्रान्स महिला/पुरुष दुवैतर्फ विजेताले १५ हजार, दोस्रोले १० र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गर्ने मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
यसपटक पोखरा म्याराथनको यसपटक रुटसमेत परिवर्तन गरिएको छ । जसमा पोखरा बजारमा १७ किमी र बाँकी दौड फेवातालको सिरानतर्फ जानेछ ।
पोखरा रंगशालामा बिहान साढे ६ बजे सुरु हुने दौडको समापन फेवातालस्थित हल्लनचोकको क्यापिङ साइटमा हुनेछ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ ।
तियोगितालाई थप व्यवस्थित बनाउन चिप्स प्रयोग गरिने मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले बताए ।
यसअघि खुला म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८ औं संस्करणमा भने सबै विधामा प्रयोग गरिनेछ । जसले धावकको समय निर्धारण गर्नेछ ।
यसैबीच आज हुने म्याराथन अवधिभर पोखरामा सवारी सञ्चालन रोकिने भएको छ ।
बिहान ७ देखि १० बजेसम्म सवारी सञ्चालन नहुने भएको हो ।
सवारी सञ्चालन बन्द गर्ने आयोजकको प्रस्तावमा यातायात व्यवसायी र सुरक्षाकर्मीले सहमति जनाएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution