सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

पोखरा । पोखरामा १८ औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सुरु भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार सो प्रतियोगिता गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याराथन शुभारम्भ गरेका हुन् ।

प्रतियोगितामा नेपालसहित १५ राष्ट्रका १०८ जना धावकले सहभागिता जनाएका छन् । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १ सय २९, महिलामा २९, छात्र पाँच किमीमा ५ सय ९०, छात्रामा ४ सय ८० को जनाको सहभागिता छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक सहभागी छन् ।

म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गण्डकी प्रदेशतर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

महिला हाफ म्याराथनको विजेताले १ लाख ५० हजार दोस्रो १ लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाँच किमी छात्र-छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खेलकुदमार्फत पोखराको प्रवर्द्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास गरिएको छ । प्रतियोगिताको प्रमुख संरक्षकमा पोखरा महानगरपालिका रहेको छ । म्याराथनको रन फर फन इभेन्ट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि सहभागी भएका छन् ।

म्याराथनको यसपटक रुटसमेत परिवर्तन गरिएको छ । जसमा पोखरा बजारमा १७ किमी र बाँकी दौड फेवातालको सिरानतर्फ जानेछ ।

पोखरा रंगशालामा बिहान साढे ६ बजे सुरु भएको दौडको समापन करिब १० बजे फेवातालस्थित हल्लनचोकको क्यापिङ साइटमा हुनेछ । म्याराथन रुटमा सवारी सञ्चालन बन्द गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button