पोखरामा वडाअध्यक्ष कप : आजदेखि सेमिफाइनलका खेल

पोखरा । ड्यामसाइड क्लब आयोजनामा भएको अन्तरविद्यालय वडाअध्यक्ष कप फुटबलमा आजदेखि सेमिफाइनलका खेलहरु हुनेछन् ।

आज फिस्टेल एकेडेमीबिरुद्ध शान्ति निकुञ्जबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

अर्को खेलमा साविक विजेता छोरेपाटन र बालोदय बोर्डिङबीच प्रतिस्पर्धा हुने क्लबका पूर्व अध्यक्ष पदम ढकालले जानकारी दिए ।

शक्रबार पहिलो क्वाटरफाइनलमा शान्ति निकुन्जले ढुंगेसाँघुलाई १-०, फिस्टेल एकेडेमीले शिशु कल्याण नआउँदा वाकओभार पायो ।

छोरेपाटन माविले पार्दी माविलाई ३-० गोलअन्तरले हराउँदा बालोदयले एलपी देवकोटालाई १-० गोलअन्तरमा पाखा लगायो ।

प्रतियोगिताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button