पोखरामा १७औं बिटीकप जारी, आज ८ खेल हुने

पोखरा । पोखरामा सातौं वीरेन स्मृति १७औं बिटीकप खुला फुटबल प्रतियोगितामा जारी छ ।

प्रतियोगिता अन्तर्गत आज दोस्रो चरणका खेलहरु हुनेछन् । आज पनि ८ खेल हुने आयोजक संस्थाका अध्यक्ष अशिम थापाले जानकारी दिए ।

शुक्रबार पहिलो चरणका ८ खेल सम्पन्न भएको थियो । जसमा मालेपाटन युुथ क्लब, म्याक्सवेल पोखरा, एट टु नाइन, तारा एफसी, एपेक्स क्लब, नमस्ते ब्रदर्श, मेनीमोर, नदीपुर युनाइटेड विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

५६ टिमले भाग लिएको प्रतियोगिता विजेताले १ लाख ७१ हजार र उपविजेताले १ लाख ५ हजार साथमा शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वाेत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button