रेग्मीलाई सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कानून सचिव शम्भुराज रेग्मीलाई सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ ।

गण्डकी प्रदेश सरकारको छैटौं वार्षिकोत्सवको अवसरमा रेग्मीलाई पुरस्कृत गरिने घोषणा गरिएको हो । पुरस्कार गणतन्त्र दिवस अवसरमा प्रदान गरिनेछ ।

पुरस्कारको राशि १ लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ । रेग्मी बागलुङ निवासी हुन् । खरिदारबाट निजामती सेवामा प्रवेश गरेका उनी २४ वर्षदेखि निरन्तर कार्यरत छन् । उनले यसअघि मधेश प्रदेशमा पनि कानून सचिव भइ काम गरेका थिए । उनी २ वर्षदेखि गण्डकी प्रदेशमा कार्यरत छन् ।

यस्तै, उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय पर्वतमा कार्यरत विष्णुहरि अधिकारी (इन्जिनियर आठौं), मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत प्रदीपचन्द्र सुवेदी र यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा कार्यरत समीना पुन (मेकानिकल इन्जिनियर सातौं) लाई प्रदान गरिनेछ । पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँ छ ।

यसैगरी, ५० हजार राशिको प्रदेश निजामती सेवा पुरस्कार ६ जनालाई दिइने घोषणा गरिएको छ ।

पुरस्कार प्राप्त गर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत सातौं शिव लम्साल, आर्थिक मामिला मन्त्रालयका कानुन अधिकृत तेजेन्द्रप्रसाद ढकाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका आयुर्वेद चिकित्सक डा. शंकर गौतम, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका अधिकृत छैटौं (प्राविधिक) सुरेशकुमार श्रेष्ठ, गोरखा असपताली सिनियर अनमी प्रतिमा श्रेष्ठ, पर्यटन तथा उद्योग कार्यालयका सहायकस्तर पाँचौंका अर्जुनप्रसाद काफ्ले छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button