नेपालको शानदार जीत

पाेखरा। आईसीसी क्रिकेट विश्वकप लिग-२ को दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई अहिलेसम्मकै फराकिलो अन्तरले हराएको छ ।

नेपालले विश्वकप लिग-२ मै अहिलेसम्मको फराकिलो जित हासिल गरेको हो ।

कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । १ सय ३८ रनको चुनौती नेपालले १५.२ ओभरमै १ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि अनिल साहले अविजित रहँदै ३६ बलमा ५७ तथा आसिफ शेखले ४५ बलमा अविजित रहँदै ५४ रन बनाए ।

दोस्रो विकेटका लागि दुवैबीच १ सय ५ रनको अविजित साझेदारी भएको थियो । यसअघि कुशल भुर्तेलले ११ बलमा ३ छक्का र २ चौकाको मद्धतले २८ रन बनाए ।

यो क्रममा नेपालले एक आफू भन्दा बलियो टिमविरुद्ध अहिलेसम्मकै फराकिलो जित हासिल गर्दैै कीर्तिमान रचेको हो ।

यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले नेदरल्याण्ड्सलाई १ सय ३७ रनमै रोक्यो ।

नेदरल्याण्ड्सले ३९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन बनाएको हो ।

बस डे लिडेले सर्वाधिक ३३ रन बनाएको इनिङ्सलाई सस्तैमा सम्ट्ने क्रममा कुशल भुर्तेलले ७ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै ललित राजबंशीले २ विकेट लिए ।

त्यस्तै सोमपाल कामी, र रोहित पौडेलले १-१ विकेट लिए । दुई खेलाडी रन आउट भए ।

एसोसिएट राष्ट्रहरुमा सबैभन्दा बलियो टिममाथि हासिल गरेको शानदार जितले नेपालको अबको यात्रा सहज हुने अनुमान गरिएको छ ।

नेपालले नेदरल्याण्ड्ससँग अहिलेसम्म चार खेल खेलेकामा दुवैको २-२ जितको बराबरी भएको छ ।

यसअघि त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा भने नेपालले नामिबियासँग हार बेहोरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button