‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याऔँ’

पोखरा । पूर्वअर्थमन्त्रीद्वय वर्षमान पुन र सुरेन्द्र पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

आन्तरिक उडान मात्र भइरहेको उक्त विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विदेशी मुलुकसँग कूटनीतिक पहल गर्नुपर्नेमा उनीहरुको जोड छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरामा जारी नेपाल साहित्यको महोत्सवको ‘अर्थमन्त्री हुनुको अर्थ’ सत्रमा पत्रकार किरण नेपालसँगको संवादमा पूर्वअर्थमन्त्री पुनले सम्भावना पहिचान गरेरै सरकारले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको बताए ।

“पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ, चलाउन सकिन्छ, बरु सरकारले छिटो हवाइमार्ग खुला गरेर अन्तर्राष्ट्रिय उडान सुरु गर्न सार्थक पहल थाल्नुपर्छ”, उनले भने ।

विशाल जनसङ्ख्या भएका छिमेकी देश चीन र भारतबाट वर्षेनी करोडौँ मानिस विदेश घुम्न निस्कने गरेको सुनाउँदै पर्यटकीय दृष्टिले पनि पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको पूर्वअर्थमन्त्री पुनले बताए ।

पूर्वअर्थमन्त्री पाण्डेले पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुनुमा भूराजनीतिक जटिलता पनि एउटा कारक रहेको धारणा राखे ।

“भूराजनीतिक विषय कहिलेकाही हाम्रो वशभन्दा बाहिर हुन्छ, विकास निर्माणका आयोजना सञ्चालन गर्दा भूराजनीतिक असर र प्रभावलाई पनि राम्रोसँग विचार गर्नुपर्छ”, उनले भने, “ठूलो ऋण लगानीमा बनेको विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआउँदा मुलुकलाई घाटा भइरहेको छ, जनस्तरबाट आलोचना भइरहेको छ ।”

हवाइमार्ग खुला गर्नेदेखि आवश्यक पूर्वाधार तयार गरेर विमानस्थललाई चाँडो पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button