
पोखरा । आज द्रोण नवमी परेको छ । माघ मासको शुक्ल पक्षको नवमी तिथिलाई द्रोण नवमीका रूपमा मानिन्छ ।
द्रोण नवमीले हिउँद ओरालो लाग्दै र उत्तरायणमा चलिरहेका सूर्य नारायणको प्रताप बढ्दैछ भन्ने बुझाउँछ भन्ने गरिन्छ ।
शालिनदीबाट बज्रयोगिनीसम्मको हरेक वर्ष हुने माधव नारायण पर्व अन्तर्गतको धार्मिक यात्रामा द्रोण नवमीको विशेष भूमिका रहन्छ । आजका दिन तस्मै अर्थात् खीर खाने चलन रहिआएको छ ।
कौरव र पाण्डवहरू दुबैका गुरु द्रोणको नाममा यस नवमीको नामकरण गरिएको छ ।
गुरु बृहस्पतिका पूनर्जन्म मानिने द्रोण युद्धकला र हतियारका अत्यन्तै जानकार भएको विभिन्न धार्मिक कथामा उल्लेख छ ।
महाभारतमा द्रोणको नाम विशेष भूमिकामा राखिएको छ ।





