आज सूर्यदेवको प्रिय दिन, अमृत र काल बेला परेको छ, राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८० फागुन ६ गते आइतबार, इस्वीसंवत फरवरी १९ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको नवमी तिथि दिनमा १२ः२२ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ । नक्षत्रमा रोहिणी दिनमा १ः२४ मिनेटसम्म त्यसपछि मृगशिरा लाग्नेछ । विष्कुम्भादि योगमा वैधृति २४ घटि ३५ पलासम्म त्यसपछि विशाखा योग लाग्नेछ । करणमा वणिज अहोरात्र रहनेछ । आनन्दादि योगमा धाता रहनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सूर्य कुम्भ राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान २८ घटि ६ पला अर्थात ११ घण्टा १७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४१ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः५६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने आज मध्यान्हमा १२ः२० बजे र अस्ताउने समय रातिमा २ः०० बजे रहेको छ । आज द्रोण नवमीको दिन रहेको छ ।

आजको राशिफल

मेष : आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानी गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बीचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादीहरू हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ । बिहानको समय भन्दा बेलुकाको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेको छ ।

वृष : आज समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ । रमाईलो यात्राको तय हुनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउन सहज हुनेछ ।

मिथुन : आज समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दूरीको यात्रामा पनि समस्या हुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट : आज समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावली पक्षको सहयोग पाईने हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

सिंह : आज समय खराब छ । बिवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढीनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धित समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बढने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ ।

कन्या : आज समय राम्रै छ । बिभिन्न अवसरहरु आउने हुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रशन्न हुँनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुसियाली छाउनेछ ।

तुला : आज समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुँन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । अध्ययनमा रुचि नजाँदा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

वृश्चिक : आज समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट बिश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धित समस्या आउँन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महसुस हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिएपनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु : आज समय राम्राे रहने छैन । समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुखी बनाउँनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुनसक्छ भने तपाईले सुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

मकर : आज पनि स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउँनेछ । बिभिन्न किसिमका भौतिक लाभ हुने छन भने सवारी साधन प्राप्तिको योग रहेको छ । मध्यान्हपछि लामो दूरीको विदेश यात्राको तय हुनेछ भने खानपानमा ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ ।

कुम्भ : आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

मीन : आज विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मध्यान्हदेखि पुरानो रोग तथा समस्याहरु स्वत: ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ ।

साइतः सूर्य कुम्भ राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३९ बजेदेखि ८ः०४ बजेसम्म उद्धेग बेला
बिहान ८ः०४ बजेदेखि ९ः२८ बजेसम्म चर बेला
बिहान ९ः२८ बजेदेखि १०ः५३ बजेसम्म लाभ बेला
बिहान १०ः५३ बजेदेखि १२ः१७ बजेसम्म अमृत बेला
मध्यान्ह १२ः१७ बजेदेखि १ः४२ बजेसम्म काल बेला
दिनमा १ः४२ बजेदेखि ३ः०६ बजेसम्म शुभ बेला
दिनमा ३ः०६ बजेदेखि ४ः३१ बजेसम्म रोग बेला
दिनमा ४ः३१ बजेदेखि ५ः५५ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः५५ बजेदेखि ७ः३१ बजेसम्म चर बेला
साँझ ७ः३१ बजेदेखि ९ः०६ बजेसम्म लाभ बेला
राति ९ः०६ बजेदेखि १०ः४२ बजेसम्म अमृत बेला
राति १०ः४२ बजेदेखि १२ः१७ बजेसम्म काल बेला
राति १२ः१७ बजेदेखि १ः५२ बजेसम्म शुभ बेला
राति १ः५२ बजेदेखि ३ः२८ बजेसम्म रोग बेला
रातिमा ३ः२८ बजेदेखि ५ः०३ बजेसम्म उद्धेग बेला
बिहानमा ५ः०३ बजेदेखि ६ः३९ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button