पोखराबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न दवाव, आज सार्वजनिक सभा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु गराउन दबाब दिने उद्देश्यले आज पोखरामा सार्वजनिक सभा आयोजना गरिएको छ । सभा पोखराको पृथ्वीचोकमा दिउँसो २ बजे हुनेछ ।

राष्ट्रिय नागरिक अभियान कास्की र स्वतन्त्र पत्रकार संघ कास्कीले सभा आयोजना गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अभियानका संयोजक विनय यादवले पोखरावासीको ठूलो लगानी, सिङ्गो पोखराको गौरवको योजना निर्माण भएर सञ्चालनमा आइसक्दा पनि अन्तर्राष्ट्रिय उडानका लागि राज्य निदाएकाले ब्यूँझाउन सभा आयोजना गरिएको बताए ।

सभाको मुख्य उद्देश्यबारे प्रकाश पार्दै उनले थपे, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालन गर, वीआरआइ. ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भ्रष्टाचार छ भने छानविन गर योबाहेक कार्यक्रमको अर्को उद्देश्य छैन ।’

सभामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, अग्रज पत्रकार युगनाथ शर्मा पौडेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र पर्यटनविज्ञ वासुदेव त्रिपाठी वक्ताका रूपमा रहेको स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले जानकारी दिए ।

सभापछि वक्ताबाट आएका धारणा र समग्र पोखराबासीबाट संकलन गरिएका सुझावलाई सरोकारवाला निकायलाई बुझाइने आयोजक संस्थाले बताएको छ । अभियानका लागि महिलाको संयोजन सामाजिक अभियान्ता ईन्दिरा अधिकारीले गरेकी छन् ।

सभामा पोखराका सबै क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको र उनीहरूबाट सुझाव मात्र संकलन गरिने अभियानका सदस्य सुनिल धामी बताउँछन् ।

अभियानले यसअघि पोखराको सभागृहबाट पृथ्वीचोकसम्म दबाब र्‍यालीसमेत आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button