पोखरा-१४ मा स्थानीय महोत्सव आजदेखि

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ मा आयोजित स्थानीय महोत्सव आजदेखि सुरु हुँदैछ ।

वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक आयोजना गरेको महोत्सवको सबै तयारी पूरा भएको छ ।

स्थानीय महोत्सवको तयारी पूरा भएको प्रचारप्रसार व्यवस्थापन समिति संयोजक रामजी जिसीले जानकारी दिए ।

स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा-१४ वडा कार्यालयले फागुन ६ र ७ गते शुक्रराज बलभद्र माविको खेलमैदानमा स्थानीय महोत्सव आयोजना गरेको हो । महोत्सवमा १ सय स्टल रहने वडाध्यक्ष बोधबहादुर कार्कीले बताए ।

स्थानीय महोत्सवमा स्थानीय मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने, आपसी सद्भाव र मित्रताको अभिवृद्धि गर्ने, खेलकुद संस्कृतिको विकास र स्थानीय पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्य राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button