पोखरा । बुद्धटोल युवा (बिटी) क्लब आयोजनामा जारी सातौं वीरेन स्मृति १७औं बिटी कप फुटबलमा शनिबार दोस्रो चरणका ८ खेल भए ।
जसमा भीमकाली क्लब, रामघाट एफसी, तारा एफसी, केआइइसी बुन, गन्नी एफसी, तारा एफसी ‘ए’, एलसी ब्रदर्श र एलजी आरवाइसी काठमाडौं विजयी भएका छन् ।
खेल संयोजक रामकाजी गुरुङका अनुसार आइतबार पनि दोस्रो चरणका खेल हुनेछन् ।
प्रतियोगिता विजेताले नगद १ लाख ७१ हजार, उपविजेताले १ लाख ५ हजारसहित सिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
सर्वाेत्कृष्ट खेलाडीले ट्रफीसहित १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।
अनुशासित टिमलाई १० हजार दिइने आयोजकले जनायो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution