पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ६ चिप्लीमा चिप्ली महाशिवरात्री मेला हुने भएको छ । सिद्ध युवा क्लबद्वारा आयोजित मेला फागुन २४ देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।
मेला क्लबकै खेल मैदानमा हुने अध्यक्ष नारायण गुरुङले जानकारी दिए । उनका अनुसार मेलाको तयारी तीव्र बनाइएको छ ।
मेलामा विविध खेलकुद र साँस्कृतिक कार्यक्रम हुनेछ । ३६ वर्षअघि स्थापित क्लबको वार्षिकोत्सव अवसर पारेर मेला आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।
मेलामा भलिबल, छेलो, रस्सी तान्ने र घैँटो फुटाई जस्ता खेलकुद कार्यक्रमसहित सांस्कृतिक कार्यक्रम हुने उनले बताए ।
मेलामार्फत चिप्लीको विकासमा टेवा पुग्ने विश्वास उनको छ । स्थानीय उत्पादन प्रवर्द्धनसँगै खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिने र चिप्लीलाई माथि उठाउन मेला महत्वपूर्ण हुने आयोजको दावी छ ।
मेलाकै अवसरमा मादी गाउँपालिकाको सहयोगमा निर्माण भएको स्टेजसमेत उद्घाटन गरिने पूर्वअध्यक्ष विशाल गुरुङले बताए ।
मेला उद्घाटन मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले गर्नेछन् । मेला अवसरमा आयोजित भलिबल प्रतियोगिता साबिक गाउँ स्तरीय हुनेछ । जसमा २० टीमको सहभागिता रहनेछ ।
भलिबलमा प्रथम हुनेले ७० हजार, द्वितीय हुनेले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले बताए । प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने दुई टीमलाई ५, ५ हजार पुरस्कार प्रदान गरिनेछ ।
छेलोमा प्रथम हुनेले १० हजारसहित फेता र प्रमाणपत्र प्राप्त गर्नेछन् । रस्सी तान्नेमा प्रथम र द्वितीयले १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
घैंटो फुटाई महिलाकोमात्र हुनेछ । जसमा प्रथमलाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
फागुन २५ गते साँझ राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम रहने अध्यक्ष गुरुङले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution