बढ्यो सुनचाँदीको भाउ

पोखरा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाला सुन १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रवार चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button