
पोखरा । लेखनाथ अर्घौं बजार व्यवस्थापन समितिको अध्यक्षमा वेलप्रसाद सापकोटा चयन भएका छन् ।
संस्थाको शनिबार भएको १३औं साधारणसभा तथा सातौं अधिवेशनले सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समिति उपाध्यक्षमा धनश्याम ढुंगाना, सचिवमा वीरेन्द्रराज भुर्तेल, कोषाध्यक्षमा विष्णुप्रसाद लामिछाने, सहसचिवमा कल्पना रानाभाट चयन भए ।
कार्यसमिति सदस्यहरूमा विष्णुबहादुर सुनार, सम्झना लामिछाने, दीपा पौडेल, सूर्यप्रकाश ढुंगाना (एसपी), प्रकाश देवकोटा, सविता बराल, कुलप्रसाद पंगेनी र पवित्रा तिवारी छन् ।
साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङले व्यवसायीहरू संगठित भएर अर्घौंचोकलाई व्यापारिक केन्द्रको रुपमा विकास गराउनुपर्ने बताए ।
उनले उपभोक्तालाई सुलभ दरमा गुणस्तरीय सामग्री उपलब्ध गराउन सक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष शिवप्रसाद भण्डारी, शिशुवा बजार व्यवस्थापन समितिका अध्यक्ष शिवराज अधिकारी, सल्लाहकार भरतकुमार अधिकारी र निर्वाचन संयोजक वासुदेव न्यौपाने लगायतले बोलेका थिए ।
समिति अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामबहादुर थापाले सञ्चालन, उपाध्यक्ष वेलप्रसाद सापकोटाले स्वागत र कोषाध्यक्ष प्रभा पौडेलले वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।





