एसएसपी पौडेल र एसपी शर्माको बिदाई

पोखरा । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई बिदाई अर्थात फेरि भेटौँला कार्यक्रम गरिएको छ ।

एसएसपी पौडेलको काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा र एसपी शर्माको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा हालै सरुवा भएको थियो ।

पौडेल र शर्मालाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) विकास राज खनालले मायाको चिनोसहित आगामी यात्राको शुभकामना प्रकट गरे ।

यसैगरी डीआइजी खनालले प्रहरी हवल्दार पदमा बढुवा भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत कमल आचार्यलाई दज्र्यानी चिन्हद्वारा सुशोभनसहित बधाई ज्ञापन गरे ।

साथै उनले अगामी दिनमा अझ जिम्मेवार भएर व्यवसायिक, ईमान्दार र क्रियाशील भइ काम गर्न निर्देशनसमेत दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button