गोल्डेन नेचर बोर्डिङमा समाचार वाचन प्रतियोगिता, न्यौपाने प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० खुदी-ढुङ्गेपाटनस्थित गोल्डेन नेचर बोर्डिङ स्कूलमा समाचार वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको शैक्षिक क्यालेण्डरमा उल्लेख भएबमोजिम कक्षा ४ देखि ६ सम्म अध्ययनरत विद्यार्थीका बीच नेपाली समाचार वाचन प्रतियोगिता सम्पन्न भएको हो ।

विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन साथै सञ्चार क्षेत्रमा आकर्षण गराउनुका साथै नयाँ घटनाका बारेमा चाँसो र रुची बढाउन यस्तो प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्राचार्य प्रेमप्रसाद शर्मा सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा उत्सव न्यौपानेले प्रथम, मन्जिला अधिकारीले द्वितीय, अन्वेषण चाँपागाई र रितेश सापकोटा तृतीय र रीतिका सापकोटा र सफल तिवारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

कार्यक्रमको संयोजन शिक्षिकाद्वय सरिता रानाभाट र सिर्जना घिमिरेले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button