पोखराको कर वृद्धिसम्बन्धी समस्या सम्बोधन हुन्छ : उपप्रमुख गुरुङ

पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङले महानगरपालिकामा देखिएको कर वृद्धिसम्बन्धी समस्यालाई सम्बोधन हुने बताएकी छन् ।

फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको १६औं साधारणसभा उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले राजस्व परामर्श समितिका सुझावलाई आधार लिएर संशोधन गर्न महानगर सकारात्मक रहेको स्पष्ट पारिन् ।

पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जनप्रतिनिधि भएपछि सबैको साझा व्यक्ति हुनुपर्नेमा जोड दिए । उनले पुँजीका आधारमा कर वृद्धि हुनुपर्ने बताए ।

कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष एकनारायण पनेरूले फेन्सी व्यवसायीले विभिन्न रचानात्मक काम गरेको बताए । उनले संगठनलाई मजबुद बनाउन सके व्यवसायीहरू पनि मजबुद हुने स्पष्ट पारे ।

कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका पूर्व अध्यक्ष तथा सल्लाहकार केशवबहादुर खत्री, मीनराज काफ्ले, प्रदीपकुमार मुल्मी, निर्वतमान अध्यक्ष राजु पौडेल, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, थोक व्यवसायी संघका अध्यक्ष टीकाराम सुवेदी, संघका पूर्व उपाध्यक्ष पवित्रमणि पोखरेल लगायतले बोेलेका थिए ।

कार्यक्रममा पुराना व्यवसायी र कार्यसमितिमा रहेर काम गरेका पूर्व पदाधिकारी तथा सदस्य एवं तिनका प्लस टुमा उत्कृष्ट अंक ल्याउने छोराछोरीलाई सम्मान गरिएको थियो ।

फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष एकनारायण पनेरूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव नारायणी दवाडीले गरेकी थिइन् । कार्यक्रममा धन्यवाद ज्ञापन संघ प्रथम उपाध्यक्ष यादवप्रसाद पोख्रेलले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button