पोखरामा कार्यरत सशस्त्र प्रहरीका डीएसपी पक्राउ

पोखरा । सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसी अभद्र व्यवहारको कसूरमा पक्राउ परेका छन् ।

उनी सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा काठमाडौंबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एक रेष्टुरेन्टमा अनुमतिविना महिलाको भिडियो खिचेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button