आज निर्वाचन दिवस मनाइँदै

पोखरा । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा आज निर्वाचन दिवस मनाइँदै छ ।

२०७३ सालदेखि ७ फागुनलाई निर्वाचन दिवसको रुपमा मनाउन थालिएको हो ।

२०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए ।

विसं २०१५ फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज (फागुन ७ गते) आठौं निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाइँदै छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button