तनहुँमा जन्ती सवार जीप दुर्घटना : दुईको मृत्यु, १६ जना घाइते

पोखरा । तनहुँमा गएराति जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरूङ र ब्यास नगरपालिका वडा नं. ९ गजौडेका १७ वर्षीया तुलसी गुरूङ रहेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

तनहुँ प्रहरीका अुसार आशबीरको घटनास्थलमै मृत्यु भएको हो भने तुलसीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा आज बिहान ३ः४० बजे मृत्यु भएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ गिरौनचौरको बरादी-हिलेखर्कस्थित भित्री सकखण्डमा बा१८च ५९२१ नम्बरको बोलेरो जीप गएराति साढे १२ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी मोहनबहादुर खाँडका अनुसार दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको आँबुखैरेनी अस्पताल र १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ओभरलोड, तीव्र गतिको जीप अनियन्त्रित भइ सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी खाँडले बताए ।

तनहुँकै आँवुखैरेनीमा शनिबार राति पनि जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button