आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

पोखरा । नेपाली बजारमा आज सुनको भाउ ४ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आज छापावाल सुन तोलाको १ लाख १८ हजार, तेजाबी १ लाख १७ हजार ४ सय ५० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ ।

आइतबार तोलामा १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय १० रुपैयाँ कायम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button