रेडक्रसको विधान अधिवेशन फागुन २७ र २८ मा

  • पोखरा न्यूज
  • २०८० फागुन ७
रेडक्रसको विधान अधिवेशन फागुन २७ र २८ मा

पोखरा । नेपाल रेडक्रस सोसाइटीको विधान अधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । संस्थाको केन्द्रीय समितिको बैठकले विधान अधिवेशनको मिति तय गरेको हो ।

संस्थाका अध्यक्ष सुदर्शन नेपालका अनुसार विधान अधिवेशनको तयारी तीव्र बनाइएको छ । अधिवेशनमार्फत विधान संशोधन गरेर रेडक्रसलाई पुनर्संरचना गरिने उनले बताए । रेडक्रसलाई पालिका तहमै विस्तार गर्नेगरि विधानमा व्यवस्था गर्न लागिएको हो ।

विधानलाई समावेशी बनाएर महिलासहित सबैको प्रतिनिधित्व सुनिश्चित गरिने तयारी छ । नेरोसो गण्डकी प्रदेशको छैठौं साधारणसभा उद्घाटन गर्दै अध्यक्ष नेपालले संस्थाकाृ विधान अधिवेशनबारे जानकारी गराएका हुन् ।

संस्थाका महामन्त्री भूपती श्रेष्ठले केही वर्ष अघि धमिलिएको रेडक्रसको छवि अहिले विश्वास बढ्दै गएको दावी गरे ।
अन्तर्राष्ट्रिय स्तरमा रेडक्रसको छवि कायम गर्नेतर्फ केन्द्रित काम भइरहेको श्रेष्ठल बताए ।

रेडक्रसको नयाँ समिति निर्वाचित भएरसँगै संस्था नवीकरण भएको श्रेष्ठले बताए ।

केन्द्रीय उप–कोषाध्यक्ष डोलराज पाण्डेले रेडक्रसको मूल्य र मान्यता अनुशरण गर्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य दिनेश अर्यालय, बागलुङ जिल्ला अध्यक्ष जगन्नाथ अर्याल, कास्की जिल्ला उपसभापति उर्मिला खड्का लगायतले बोलेका थिए ।

लेखासमिति संयोजक डा. देवीलाल शर्माले संस्थाको कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन लगायतका विषयमा जानकारी गराएका थिए ।

प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकालले प्रदेश सरकारँंग मिलेर नीति निर्माण र प्रकोपमा काम भइरहेको जानकारी दिए ।\

साधारण सभामा महासचिव रामदत्त पौडेलले वार्षिक गतिबिधि प्रस्तुत गरेका थिए । प्रदेशमा ११ जिल्ला, २ सय ८६ वटा उपशाखा, १ सय ५२ जुनियर सर्कल र ७ सय ७ युवा सर्कल रहेको जानकारी दिए । रेडक्रस अन्तगैत २२ वटा एम्बुलेन्स रहेकोमा ९ वटा बिग्रिएको पौडेलले प्रतिवेदन पेस गरे ।

प्रदेशमा बाढीपहिरो, डुबान, चट्याङग, आगालागी, हिमपात, हिमपहिरो, सडक दुर्घटना हावाहुरी, असिना लगायतका विपद्का घटना घटेका छन् ।

पौडेलले १ हजार ५ सय परिवारका लागि गैरखा गोदाम रहेको बताए । कार्यक्रममा स्याङ्जा शाखाका कार्यालय प्रमुख मित्रप्रसाद लम्साललाई सम्मान गरिएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस