
बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सह-चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. १६का २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनीष परियार रहेका छन् । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको देवदह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुङ्गा खानीमा जाँदै गरेको लु२ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका वडा नं. ५ हात्तीलुङमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





